यसरी सम्भव छ स्मरण शक्ति

स्वास्थ टिप्स

विद्यार्थीका निमित्त उत्तम उपाय

काठमाडौं, पुस ८

खाना खाएपछि हाम्रो शरीरमा तीब्र गतिका साथमा कार्य हुने हुदा मस्तिष्कमा रगत जाने भएकोले सम्झने क्षमता कम हुन्छ । त्यसकारण परीक्षा दिने दिन विद्यार्थीले धेरै बुद्धिको काम गर्नुपर्ने व्यक्तिले कार्बोहाइड्रेट भएको खाना नखाए धेरै राम्रो हुन्छ ।

सकेसम्म परीक्षा अगाडि नखाने खाएमा हल्का खाना फलफूल दाख, स्याद अंगुर, मेवा, मौसम, केरा, सुन्तला, काजु, किसमिस, छोकडा र नरिवल आदि । त्यसको साथमा १, २ वटा रोटी, सब्जी गेडागुडीको तरकारी खानु राम्रो हुन्छ ।

दुधमात्र खाने अथवा खाली फिक्का चिया खाने मिसावट नगर्ने । खानामा भटमास, जौको सातु, लसुन, प्याज, दही–दुध खानु धेरै राम्रो हुन्छ ।

उपायहरू

१. सागपात, टुसाएको (अंकुरित) अनाज, काँचो खाइने सलाद, दहीदूधका परिकार, सुख्खा र पहेँलाफलफूलहरू, जस्ता भिटामिन र खनिज तत्व बढी भएका प्रोटिन, चिल्लो र कार्बोहाइड्रेट कम भएका खानाहरू मानसिक विकासमा लाभदायक हुन्छन् ।

२. बदाम ३–४ वटा राति सुत्नु अगाडि १ गिलास दुधका साथ बच्चाहरूलाई ख्वाउनाले स्मरणशक्ति वृद्धि हुनका साथै मस्तिष्कलाई आवश्यक पोषण प्राप्त हुन्छ ।

३. जसको स्मरणशक्ति कमजोर छ, उनीहरूले माछा, मासु, अण्डा साथै उच्च प्रोटिन भएका खानाहरू एवं वासी, अमिलो, पीरो, मसलादार, कब्जकार गरिष्ठ भोजन छाड्नुपर्दछ । कफकारक भोजनले पनि स्मरणशक्ति कमजोर पार्दछ ।

४. स्मरणशक्ति विकासको निम्ति महत्त्वपूर्ण सुत्र हो, अनावश्यक, अनुपयोगी र नकारात्मक विचारलाई त्याग्नुपर्दछ । आवश्यक, उपयोगी र सकारात्मक विचारलाई स्मरण गर्ने बानी बसाल्नु पर्दछ ।

५. सुखपूर्वक बाँच्न चिन्ताको त्याग गर्नुपर्दछ ।

विहानी भ्रमण, सात्विक आहार र सकारात्मक सोचाई स्वस्थ जीवनका मानसिक खुराक हुन् ।

तीर्थप्रसाद पराजुलीको पुस्तक ‘दीर्घजीवनका रहस्यहरू’बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?