साझाकथा संवाददाता
हेटाैंडा, पुस ८
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट शुक्रबार राजिनामा पेश गरे । उनकाे राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत भएकाे छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पाण्डेकाे राजिनामा स्वीकृत गरेका हुन् । उनकाे राजीनामा स्वीकृत गरिएको भएपनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार रहने बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पाण्डे गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
तपाईलाई केहि भन्नु छ ?