तस्वीर : गणेश श्रेष्ठ
फाेटाे फिचर
रसुवा र नुवाकाेटकाे सिमाना बेत्रावती बजार । त्रिशूली, फलाखु र सलाखु नदिकाे संगम स्थल (त्रिबेणी) नदि किनारमा मानिसहरूकाे भिड । शुक्रबार बिहानैदेखि देशका बिभिन्न स्थानबाट पितृ उद्दारका लागि श्राद्ध गर्नेको भिड लागेकाे थियाे । भक्जनहरूले धाममा पतृलाइ पिण्ड चढाए ।
रसुवा र नुवाकोटको सिमानामा पर्ने ऐतिहाँसिक, धार्मिक, सांस्कृतिकलगायत पर्यटकीय महत्व रहेको यस स्थलमा बिभिन्न समयमा मेला लाग्दछ । पितृमोक्षको लागि पिण्डदान गर्न नेपालमात्र होइन भारतबाटसमेत श्रद्धालु आउने गरेका छन् ।
याे पवित्र धार्मिक क्षेत्रमा पौष कृष्ण औंसीका दिन यहाँ बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । चारवटा गया मध्ये एक मानिएकाे उत्तरगयाधामा पितृको नाममा श्राद्ध गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ । गत वर्षभन्दा धेरै श्रद्धालुको भीड लागेको स्थानीय उत्तरगया क्षेत्र सरोकार समितिका अष्टमान डङ्गोलले बताए ।
भारतको गया जानेहरू पनि पहिले यहाँ श्राद्ध गरेर मात्र जाने प्रचलन छ । हजाराैं भक्तजनले तर्पण गरे । बेत्रावती अर्थात उतरगयाको पौराणिक महत्त्वको सन्दर्भमा विभिन्न पुराणहरूमा समेत चर्चा, परिचर्चा गरिएको पाइन्छ । मेलामा २३ हजार बिढ मानिस पुगेकाे उत्तरगया गाउँपालिका-५ समाजसेवी गणेश श्रेष्ठ बताउछन्।