चेतना

कविता

विदुर अधिकारी

नियति मैलिए,गुम्छ साधना
प्रगति फैलिए,चुम्छ सिर्जना
सकस पारिए, पर्छ वेदना
विषमता भए, मर्छ चेतना।
        (१)
धन पुकारिए, बिग्रिने पला
भुल सकारिए ,सप्रिने थला
जन भुलाउने,जोसिलो गला
भव सजाउने, चेतना-कला।
        (२)
अति लजाइए ,हुन्न उन्नति
गुन सजाइए,सप्रिने मति
वचन लाइए, बिग्रिने गति
मधुर चेतना ,हुन्छ ओखती।
          (३)
असमता भए, हुन्न निर्मल
मधुरता रहे ,भाग्दछ्न् कल
विनयभावमा,फल्दछन् फल
सरस चेतना ,हुन्छ अब्बल।
        (४)
मन पराइए, प्रेम छाउँछ
कटुपना लिए, दोष आउँछ
अति अहम् हुने, बर्बराउँछ
असल चेतले ,शान्ति ल्याउँछ।
        (५)
रामपुर,चितवन
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?