स्मृति पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई

साझाकथा संवाददाता
काठमाडौं, पुस १०

यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार भारत वाराणसीका दुर्गाप्रसाद श्रेष्ठलाई अर्पण गरिने भएको छ । नेपाली साहित्यको श्रीवृद्धिमा दीर्घकालीन सेवा पु¥याएबापत उनलाई यो १२औं पुरस्कार प्रदान गरिने भएको हो ।

बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, डुबर्सका मूलसचिव रुपेश शर्माका अनुसार बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा बाग्राकोटमा सम्पन्न बैठकमा प्रस्तावित नामहरूमाथि व्यापक छलफल भई श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको हो ।

आगामी १५ जनवरी, २०२३ का दिन बाग्राकोटमा आयोजना हुने एक भव्य पुरस्कार अलंकरण समारोहमा पुरस्कार दिइनेछ । पुरस्कारमा प्रशस्ति–पत्र, अंगवस्त्र र नगद राशि सम्मिलित रहने छ ।

सन् १९३९ मा जन्मिएका दुर्गाप्रसाद श्रेष्ठको पहिलो कथा सन् १९५७ मा प्रकाशित भएको थियो । ६ दशकभन्दा लामो समयदेखि वाराणसीबाट साहित्य सेवामा समर्पित भएर काम गर्दै आएका श्रेष्ठ सुपरिचित आख्यानकार, समालोचक, अनुवादक तथा सम्पादक हुन् ।

हिन्दी र अंग्रेजी भाषामा पनि उनका कृतिहरू प्रकाशित छन् भने कथाहरू अन्य भाषामा अनुवाद भएका छन् । उनले लामो समयदेखि ’उदय’ पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन्

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?