आस्थाकी प्रतीक सुपा देउराली:
अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित झण्डै ४,५०० फिटको उचाइमा पवित्र देवीस्थल हो, सुपा देउराली । यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सन्दर्भमा विभिन्न किम्वदन्तीहरू छन् । पहरामा लाहुरे टाँसिएको विश्वास, भगवान रामकी पत्नि सीताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति छ, भनेर विश्वास गरिन्छ । परापूर्वकालदेखि बटुवा, लाहुरे, विद्यार्थीको चाहना पूरा गर्दै आएकी भनिएकी देवीको व्यवस्थित मन्दिर भने २०४२ सालमा मात्र निर्माण भएको थियो।
फोटोः बद्रिराज तिमल्सिना
तपाईलाई केहि भन्नु छ ?