सूर्या लाइफ र ज्योति लाइफको संयुक्त कारोबार सुरू

काठमाडाैं, पुस १०

मर्जर पश्चात सूर्या लाइफ र ज्योति लाइफले संयुक्त कारोबार सुरू गरेका छन् ।  गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले पुस ७ गतेबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।

सूर्यज्योति लाईफ इन्स्योरेन्स क.लि. को नाममा कारोबार भएसंगै केन्द्रिय कार्यालय शान्ताप्लाजा ज्ञानेश्वरमा हुने तय भएको छ। कम्पनिको रजिस्टर्ड कार्यालय भने बिराटनगरमा छ ।

कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन भएका छन् । साथै प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन्।

मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी रु.४ अर्ब ५४ करोड र कुल लगानी रु.२८ अर्ब भन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९/८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश रु.२२ अर्ब , कुल बीमाशुल्क रु.२ अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने रु.४२ करोड पुगेको  छ।

बीमा क्षेत्रमा  सूर्या लाईफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक बृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफले भने स्थापना देखि छोटो समयमा नै बिस्वश्नीय सेवा दिदै आफुलाई एक सबल कम्पनीको रुपमा चिनाई रहेको थियो।

अहिलेसम्म कम्पनीको कुल कर्मचारी संख्या करिब  ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट  १३ लाख भन्दा बढी बीमिंत लाई सेवा दिंदै सूर्यज्योती बिशाल कम्पनि भएको छ।

मर्जर पश्चात  सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको र आगमी दिनमा यो भन्दा माथि पुग्ने कम्पनीकाे दाबी छ । सूर्यज्योती लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बिशाल रुपमा बीमा क्षेत्रमा उभिएको दाबी गरे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?