साझाकथा संवाददाता
काठमाडाै, पुस १०
नयाँ सरकार गठनका लागि नेतृत्व गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।
माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतको समर्थन पेश गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
यस अघि राष्ट्रपतिले विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म नेपालको संविधानअनुसार राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको दाबी पेश गर्न समयसीमा प्रदान गरेकी थिइन् ।
दिएकाे समयसिमा अनुसार दाहाले दावी पेस गरेका हुन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक दलका शीर्ष नेताहरू बीच भएकाे बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।
यस अघि नेपाली काँग्रेससँग गठबन्धन टुटेपछि ६ दलकाे नयाँ गठबन्धन सुरूभएकाे हाे ।