Ad Banner

प्रधानमन्त्री प्रचण्डले लिए सपथ, मन्त्रीहरुको भूमिका तय भएन

काठमाडौ, पुस ११

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । सोमवार प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । त्यस्तै एमालेकी ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीबाट अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरृका छन् ।

८ सदस्यीय मन्त्रिपरिषदमा अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट श्रेष्ठले उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानको मन्त्रालय भने तोकिएको छैन ।

यो पढ्नु भयो ?