सानो आकारको मन्त्रिमण्डल बन्ने

साझाकथा संवाददाता

काठमाण्डाै , पुस ११

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ ग्रहग गरेपछि आज सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ ।

पेरिसडाँडामा स्थित पार्टी केन्द्रीय कार्यालय बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय भएकाे छ ।

श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ ।

दाहाल तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेपालका ४४औं प्रधानमन्त्री हुन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?