पटक पटक खाइरहनेहरूको दुर्दशा

स्वास्थ्य टिप्स

काठमाडौं, पुस ९

आधुनिक स्वास्थ्य विज्ञानको पक्षमा पैरवी गर्नेहरू दिनमा धेरै पटक खानुलाई मानसिक तनावको उपचार भन्छन् । कतिपय विज्ञहरू वृद्धत्वसँगै पटक पटक खाइरहने बानी राम्रो भनी सल्लाह दिन्छन् ।

डाक्टरहरू मधुमेहको रोगीले पेटमा भोक बढ्न दिनुहुन्न, त्यसैले दर्जनौं पटक खाइरहनुपर्छ भन्ने सल्लाह दिन्छन् । तर आयुर्वेदका आचार्यहरू यसभन्दा भिन्न मत राख्छन् । उनीहरू भन्छन्, ‘पटकपटक खाइरहनु स्वास्थ्यका लागि घातक बानी हो । त्यसैले, हरेक व्यक्तिले आहार संयमसम्बन्धी निश्चित नियमको पालना गर्नुपर्छ ।

मनुष्य बाहेक सम्पूर्ण पशुपक्षी पेट भरिएपछि भोक नलागुन्जेलसम्मका लागि खाने कुरा हेर्दैनन् । जब कि बुद्धिविवेकयुक्त मानिस भने यस विषयमा अज्ञानग्रस्त छ । किनकि धेरैजसो व्यक्ति पटकपटक खाइरहनुलाई सुखी जीवन मान्छन् ।

समयको पर्वाह नगरीपटकपटक खाने प्रवृत्तिले पेटभित्र पार्ने असर हेर्न वैज्ञानिकहरू बेरियम एक्सरेको प्रयोग गर्छन् । उक्त एक्सरेद्वारा पत्ता लगाइएअनुसार भोक नलागेको बेला या अरू बेलामा पनि पटकपटक खाइरहने गर्दा जुन खाने कुरा साढे तीन घण्टाभित्र पचेर आमाशयबाट आन्द्रातर्फ अगाडि बढ्नुपर्ने हो, त्यही खाने कुरा पच्नलाई सातदेखि नौ घण्टा लाग्छ ।

उदाहरणका रूपमा खाना (लन्च) खाएको एकडेढ घण्टाभित्रै आइसक्रिम या मिठाई खायो भने तीन घण्टामा पच्नुपर्ने आइसक्रिम या मिठाई पच्न दोब्बर समय अर्थात् छ सात घण्टा लाग्छ । यसरी, खाने कुरा पच्नलाई बढी समय लाग्नु भनेको खाने कुरालाई सड्ने, बिग्रने मौका दिनु हो ।

डा. राजु अधिकारीको पुस्तक ‘खाने कसरी पिउने कसरी’बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?