रवि लामिछाने गृहमन्त्री

साझाकथा संवाददाता

काठमाडाैं, पुस ११

नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् ।

पत्रकारिता पृष्ठ भूमिबाट राजनीतिमा प्रबेश गरी चितवनबाट प्रतिनिधिसभामा विजयी भएर पहिलाे पटक मन्त्री बनेका हुन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् । पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको विषयमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए । उनले संचारकर्मीसँग  भने दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु  ।

विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उनले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?