अर्थमन्त्री पौडेलको पहिलो निर्णय : सेवा अनलाइनमा

साझाकथा संवाददाता

काठमाडाैं, पुस ११

नेपाल सरकारका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्पूर्ण सेवा अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र अर्थतन्त्रको अवस्था सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर कार्यभार सम्हालेपछि पौडेलले मुलुकको अर्थतन्त्र सुधार्ने प्रतिबद्धता जनाएका हुन् । त्यसक्रममा उनले सबै विभागका सेवा डिजिटलाइज्ड गर्ने निर्णय गरेका छन् ।

उनले अर्थ मन्त्रालय अन्तर्गतका सबै सेवा छिटाे छरिताेका लागि अनलाइनबाट गर्न सकिने व्यवस्था मिलाउने विषयलाई आफ्नो पहिलो निर्णयका रूपमा हस्ताक्षर गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?