कञ्चनपुरमा ४२ वर्षपछि भुवा पर्व

साझाकथा संवाददाता

कञ्चनपुर, पुस १२

४२ वर्षपछि प्राचीन युद्ध कौशलको झल्को दिने पाैराणीक भुवा नाच प्रदर्शन भयाे । सुदूरपश्चिम प्रसिद्ध याे पर्व जाेगउन स्थानीय जुटेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का राष्ट्रिय कबड्डी खेलाडी तथा समाजसेवी लक्ष्मण अधिकारीले लाेप हुन लागेकाे  भुवा नाच जागएका हुन् ।

रोजगारीका लागि युएईको राजाधानी अबुुधाबी बसेका अधिकारी विदेशबाट फर्केर संस्कृति संरक्षणको अभियानमा लागेपछि स्थीयले साथ दिएका छन्  ।

आफ्नो मौलिक संस्कृति भुवा पर्वले संझना भयाे याे नाच धेरैकाे मन लोभ्याउने खालकाे छ । रोजगारीकै क्रममा अबुुधाबी रहेका उहाँले युट्युबको माध्यमबाट सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम र बाजुरामा मनाइने भुवा पर्वको बारेमा जानकारी लिएका थिए ।

भुवा विशेष गरी सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी र बझामा मनाउने गरिन्छ। घरघरमा गएर रमाइलाे गरी देउसी–भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने प्रचलन छ। याे पर्व पुस महिनामा मनाउने चलन छ ।

भुवा पर्व र भुवा नाचलाई व्यक्तिमा वीरता र पराक्रम जगाउने अवसरको रुपमा बुझ्नुपर्ने स्थानीय रामचन्द्र जाेशी बताउछन् ’ उनले भने, ‘भुवा नाचको महत्त्व उजागर गर्न र पर्वको संरक्षण गर्न  भुवा पर्व मनाउन थालिएको हो।’

महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास छ । महाभारतको  युद्धको तयारीको रुपमा तरबारबाजी सिक्ने र सिकाउने कौशलका रुपमा भुवा नाचलाई लिने गरिन्छ’ ।

बाजुरेली सेवा समाजका संरक्षक कुलबहादुर हमालले बताए ।  उनले भने, ‘महाभारतको युद्धमा पाण्डवहरूको विजयपछि राजा युधिष्ठिरको राज्याभिषेक उत्सवको रुपमा भुवा नाच खेल्न थालेको विश्वास गरिन्छ।’

“यहाँका सात जना मिलेर हामीले पहिलोपटक अबुधाबी मै भुवा नाच प्रदर्शन ग¥यौँ”, उनले भने , “महेन्द्रनगरमा भुवा नाच हुन्थेन, मैले यहाँ आएर सुरुआत गरेँ ।” सानै उमेरदेखि सुदूरपश्चिमको मौलिक संस्कृतिबाट प्रभावित भएका उहाँले विदेशमै अन्य सात नेपालीसँग मिलेर अबुधाबीमा युटुबमा हेरेर अभ्यास गरेका थिए ।

कञ्चनपुरमा भने याे पर्व हराएकाेले तीन वर्ष अगाडि भुवा पर्वकै अवसरमा एक महिना बिदा लिएर नेपाल फर्किएर भुवा नाच देखाएका थिए । “नेपाल फर्केर मैले ४२ वर्षपछि महेन्द्रनगरमा भुवा पर्व जागृत गराएँ, त्यसअघि यहाँ हुन्थेन”, उनले भने, “त्यो बेला यहाँका सङ्घसंस्थाहरूसँग मिलेर औपचारिक कार्यक्रम मात्रै गरेँ, सुरुमा त मान्छे जुटाउनै मुस्किल प¥यो ।”

पहिले राजा र रजौटाहरूले आफ्ना भाई भारदारलगाएतलाई आत्मरक्षाको लागी खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनका लागि भुवा खेलाउने गरेको बुढापाका बताउछन् ।

त्यसैगरी स्थानीयवासी राजन अधिकारीले भने आफूले पहिलो पटक यो पर्वबारे जानकारी पाएको बताए । “म २५ वर्षको भएँ, मलाई यो पर्वबारे जानकारी नै थिएन”, उनले भने , “अहिले हामीले यो कसरी खेलिन्छ भनेर प्रशिक्षण लिएर यो वर्षदेखि घर–घरमा गएर खेल्न थालेका छौँ ।” उनले भुवा पर्वको अवसरमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिनुपर्ने बताए ।

लामाे समयदेखि भेटघाट नभएका ईष्टमित्र,दाजुभाईबीचको सम्बन्ध प्रगाढ हुने भुवा पर्वकाे खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ। भुवा खेल्ने पुरुषहरुले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युमा एउटा सेतो चद्धर जस्तो पहिरनुपर्छ।

टाउँकोमा पघरी बाँध्नुपर्छ। बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवाँ खेल खेल्ने गरिन्छ। यो खेलमा १६ वटा चालवा लय र ६३ कवच हुन्छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?