यसरी बनाउन सकिन्छ मस्यौरा

साझाकथा संवाददाता

काठमाडौं, पुस १२

के तपाईंलाई मस्यौराको तरकारी मिठो लाग्छ ? लाग्छ र घरमै बनाउन मन छ भने यसो गर्नुहोस् ।

सर्वप्रथम आवश्यकता अनुसार पिसेको कालो दाल लिनुहोस् । त्यसलाई पानीमा रातभर भिजाउनु पर्छ । भोलिपल्ट त्यो दाल दुई हत्केलाले माड्दै बोक्रा निकाल्नु होस् । बोक्रा निकालेको दाललाई पिसेर मसिनो पिठो बनाउनु होस् ।

यसो गरेपछि दालको पिठो बाक्लो हुन्छ । त्यसमा थोरै नुन राख्नु पर्छ । ठाउँ अनुसार कुभिण्डो अथवा पिडालु कोरेर मिसाउन पनि सक्नु हुन्छ । कुभिण्डो वा पिडालु नपाइने ठाउँ वा अवस्था भएमा दालको मात्रै पनि मस्यौरा बनाउन सकिन्छ ।

दालको पिठोलाई ससाना डल्ला बनाउँदै नाङ्लो अथवा मान्द्रोमा राखेर सुकाउनु पर्छ । दुईदेखि तीन दिनमा त्यो सुक्छ । सुकेको मस्यौरा हावा नपस्ने बट्टामा लामो समयसम्म राखेर मन लागेका बेला खान सकिन्छ ।

यसरी राखेको मस्यौरा दाल वा अन्य तरकारीको विकल्पमा फरक स्वादमा खान सकिन्छ । पकाउन पनि छिटो हुन्छ । छिटो र मिठो मात्र होइन, मस्यौरा पोसिलो पनि हुन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?