बृहत् छलफल गरेर अर्थतन्त्र सुधार्ने प्रधानमन्त्री प्रचण्डको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकार गंभीर भएको बताएका छन् । मंगलबार बिहान खुमलटारस्थित निजी निवासमा भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो पहिलो मन्त्रिपरिषदको बैठकले अर्थतन्त्र सुधारका लागि कदम चाल्ने निर्णय गरिसकेको उल्लेख गर्दै अर्थतन्त्रप्रति सरकार गंभीर भएको उनले बताएका थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।

‘देशको अवस्था निकै गम्भीर छ, हामी सबै मिलेर समाधान गर्नुपर्छ,’ प्रचण्डलको भनाइ उदृत गर्दै भेटमा सहभागी एक व्यवसायीले भने, ‘अहिलेको देशको अर्थतन्त्रको विषयमा म निकै सम्बेदनशील छु । तपाईंहरुका पीर मर्का बुझेर काम गर्छौं । पहिलो बैठकबाटै त्यसको शुरुवात भएको छ ।’

व्यवसायीका पीर मर्काका बारेमा आफू जानकार रहेको बताउँदै सरोकारवालाहरुसाग बृहत छलफल गरेर समस्या समाधान गर्ने प्रचण्डले विश्वास दिलाए । ‘हामी तपाईंहरुसहित सरोकारवालाहरुसाग बृहत छलफल गरेर समस्या समाधान गर्छौं,’ उनले भने । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?