राष्ट्रपतिद्वारा पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान

काठमाडौं, पुस १२

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते साेमबार १ बजेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसमा मंगलबार उनले राष्ट्रपतिले अधिबेशन  आह्वान गरेकी हुन् ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी  राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै संसद अधिबेशन आह्वान गरिएको जानकारी दिएको छ ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्‍ अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?