सरकार बनेपछि कसले के भने… !

कमलादेवी गाैतम । साझाकथा

काठमाडाैं, पुस १२

यसअघिको गठबन्धन टुटेपछि पुष्पकमल दाहालको नेतृत्वको सरकार गठन भएको छ । यसको प्रक्रियादेखि नै सामाजिक सञ्जालमा चर्को आचोचना हुन थालेको छ । यसले एकातिर जनआवाज मुखरित गरेको छ भने अर्कोतिर सरकारलाई बेलैदेखि सजग बनाएको छ ।

हुन पनि सत्ता समीकरणको नयाँ गणित बहसको विषयले राजनीतिमा सम्भावना नहुने केही रहेन छ भन्ने पनि पुष्टि भएको छ । ‘म झुण्डिएर मर्छु बरु तर केपी ओलीले भिखमा प्रधानमन्त्री दिए भने पनि खान्नँ, जान्नँ’ भन्ने समेतका अभिब्यक्ति दिएका थिए, हालै प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ।

अझ रोचक कुरा त सरकार गठनमै के देखियो भने ‘राजा फर्काउँछु’, ‘राजा चाहिन्न’ र ‘राजा मार्छु’ भन्ने तीनवटै दल सरकारमा पुगे । यो विषय त सामाजिक सञ्जालमा भाइरल नै भयो । पुसको चिसो मौसममा पनि माहोल पनि निकै ततायो ।

सरकार गठनलगत्तै काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र शाहले ट्वीट गरे, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्नँ भन्ने र राजा मार्छु भन्ने तीनवटै सरकारमा ! हामी प्रजा सधैं सास्तीमा ।’

बालेन लेख्छन्, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश । उही पुराना व्यापारीहरू ।’ उनले वर्तमान सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर ट्विट गरे, ‘म झुण्डिएर मर्छु बरु, तर केपीको भिखमा प्रधानमन्त्री दिए भने पनि प्रधानमन्त्री खान जान्न’ यस्ता शब्द कता पुगे ?’

सरकारमा नजाने भन्ने तर पद र अवसर पाएपछि हतार गरेर मन्त्रीका लागि बार्गेनिङ गर्नेप्रति आक्रोस र व्यंग्य धेरैको छरप्रस्टिन थालेको छ । राप्रपा नेता राजेन्द्र लिङदेनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बालेनले ट्वीट् गरेका हुन्, ‘राजा चाहिन्न, राजा फर्काउँछु र राजा मार्छु भन्ने तीन थरीका सरकारमा छन् ।’

बालेनले रवि लामिछानेप्रति आक्रोस पोख्दै सामाजिक सञ्जालमा निरन्तर लेखेका छन्, ‘सत्तो सराप गर्नेसँग सरकारमा जाने, हामी प्रजा सास्तीमा । रविलाई के को हतारो ?’

प्रचण्डको नेतृत्वमा सरकार बनेपछि मेयर बालेनले एकपछि अर्को टिप्पणी र प्रश्न गरेका छन्, ‘अहिलेको देश व्यापार हो कि खेल हो ?’ प्रश्न गरेका छन् ।

प्रचण्डलाई साथ दिएकाप्रति रवि लामिछानेलाई हिजो कटु आलोचना गर्नेहरू सत्ता स्वार्थका लागि मिलेर सरकारमा गएको कुरा पनि सामाजिक सञ्जालमा पोखिएका छन् । यसअघिदेखि अन्य दलसँग स्वतन्त्र दल मिल्ने होइन भन्ने तर्क प्रस्तुत गर्ने रवि आफैं सरकारमा गएपछि बालेनको प्रश्न सतहमा आउन थालेको हो ।

सरकारमा जान किन हतारो जंगलबाट आएका जंगली राजनीति गरेर आएकाले जनता मार्छन् भन्दै चुनावमा रविले पुराना र भ्रष्ट दलहरूलाई समर्थन नगर्ने बरु भ्रष्टाचारका फाइलको धुलो टक्टक्याउने भनेको विषय सामाजिक सञ्जालमा व्यापक छ । कतै राहदानी र नागरिकता प्रकरण मुद्दाका विषयमा आफू सुरक्षित हुन त रवि सरकारमा गएका होइनन् ? प्रश्न उठेको छ ।

चाँदनी नेपाल लेख्छिन्, ‘बाजेको पालामा पनि शेरे, बाबुको पालामा पनि शेरे, मेरो पालामा शेरे अनि छोराभन्दा भन्दै बल्ल प्रधानमन्त्री फेरें अनि हामी जनता हेरेको हे¥यौ यस्तै हो नेपालका लाजनीति ?’

बालेनकै पोस्टमा जंगबहादुर लेख्छन्, ‘एकपटक कोतपर्व मनाउन सके मात्र नेपालको मुहार फेरिने देखियो नत्र उनै बुढाखाडा मात्र ¥याले र सुँगुरहरूकै इसारामा नाच्नु पर्छ ।’

रोशिका राईको प्रतिक्रिया छ, ‘नामको अगाडि स्वतन्त्र लेखेर मात्र कहाँ हुदो रहेछ र ? मुखमा रामराम बगलीमा छुरा । यस्तै भयो रविको पार्टी स्वतन्त्र पनि ।’

बालेनकै पोष्टमा मिश्रित प्रतिक्रिया छन् । मिलन कार्की टिप्पणी गर्छन्, ‘राजनीतिको फोहोर सफा गर्न फोहोरमै डुब्नुपर्छ रवि लामिछाने । बल्ल रवि दाइ फोहोर भरिएको पोखरीमा छिरेका हुन् । आलोचना हैन, प्रशंसा गरेर नतिजा कुरौं ।’

मन्त्रिपरिषद्को पहिलो बैठकपछि प्रधानमन्त्री प्रचण्ड भन्छन्, ‘जनतामा यो नयाँ सरकार गठनपछि आशा बढेको महसुस गरेको छु, थुप्रै जटिलता र चुनौति छन् । मतदानको परिणाम जस्तै छ । त्यसलाई मन्त्रिपरिषद्ले समेटेको छ ।’ उनी थप्छन्, ‘जनताले पाउने सेवामा सस्ती कम गर्न, सहजताका साथ लाइसेन्स र राहदानीका लागि लाइन बस्नु पर्दैन ।’

जे भने पनि सरकारका अघि चुनौतीका चाङ छन् । जसरी सरकारका लागि अंक गणितका खेलहरू भइरहेका छन्, त्यसरी सहज रूपमा देश हाँक्न सक्ने अवस्था छैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?