मर्जरमा गएका कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

साझाकथा संवाददाता

काठमाडाैं, पुस १२

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंक लिमिटेडले यही पुस १७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै यी दुई बैंक मर्जरमा गएकाे र  आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो ।

मङ्सिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब ‘कुमारी बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार  हुनेछ ।

मर्जर सम्झौताअनुसार दुवै बैंकबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंक टङ्गालमा रहने बैकले जनाएकाे छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?