नयाँ अधिवेशनका लागि संसद तयार, तर गाडीको अभाव

पुस १३, काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि तयार रहेको बताएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन् ।

सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताए । सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । उनले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए । सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दापनि उपलब्ध हुन नसकेको गुनासो गरे ।
उनले भने – ‘अधिवेशनको लागि तयारी अवस्थामा छौँ । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकिय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरु सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ ।’

सहायक प्रवक्ता धमलाले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदापनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?