साझाकथा संवाददाता
हेटाैडा, पुस १३
नेपाली कांग्रेस बागमती प्रदेश प्रदेश सभा संसदीय दलको नेतामा नुवाकाेटका बहादुरसिंह लामा निर्वाचित भए ।
लामाले प्रतिस्पर्धी मकवानपुरका इन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । लामाले २१ मत पाए भने बानियाँले १६ मत ल्याएका थिए ।
बुधबार दिउँसो ३ बजेसम्पन्न मतदानमा संसदीय दलको नेताको निर्वाचनमा २५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट ३७ जना प्रदेश सभा सदस्य थिए । कांग्रेस केन्द्रीय सदस्य तामाङ नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ (ख) बाट र कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित भएका थिए ।
लामो समयदेखि पार्टीमा त्याग गरेकाेले र आफूले हालस्म अवसर नपाएकाले यसपटक मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताए । उम्मेदवार बानियाँलाई गगन थापाले प्रत्यक्ष सहयोग गरेको बताईएको थियो ।
थापाको नातामा ससुरा पर्ने नुवाकोटकै जगदिशश्वर नरसिंह केसी बानियाँका लागि खटिएका छन् । बानियाँलाई प्रकाशमान सिंहले पनि सहयोगमा रहेकाे बताइएकाे छ ।