साझाकथा संवाददाता
कर्णाली, पुस १३
नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भए ।
एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकबाट यमलाललाई सर्वसम्मतरूपमा दलको नेतामा चुनेकाे हो । एमाले संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको पनि दाबी थियो ।
उनी स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुन् । फूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिनुभयो । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित हुन् ।
तपाईलाई केहि भन्नु छ ?