साझाकथा संवाददाता
माेरङ, पुस १४
गठबन्धन सरकार जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा तत्काल नमाग्ने, पार्टीभित्र उत्पन्न गरेको असन्तुष्टि सम्बोधन गर्न तत्कालै नीति अधिवेशन गर्नु उपयुक्त हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताए ।
विराटनगर विमानस्थलमा पत्रकारभेटङाटमा कुरा गर्दै नेता कोइरालाले पार्टीभित्र आवश्यक छलफल गर्ने र पदाधिकारीको सहयोग लिन सकेको भए गठबन्धन जोगाउने सम्भावना थियो उनले भने ।
मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ, तर कारबाही भन्ने कुरा हुँदैन’ कोइरालाले भने ‘कारबाही गर्ने कुरा कसले भनेको छ ? केमा कसरी कारबाही गर्ने ? उनेले पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र उत्पन्न गरेको असन्तुष्टि सम्बोधन गर्न तत्कालै नीति अधिवेशन गर्नु उपयुक्त हुने जानकारी दिए ।
पार्टीभित्र कतिपय नेताहरूले विशेष अधिवेशन बोलाउन माग गरिरहेको बेला नेता कोइरालाले भने, “विशेष अधिवेशन झन्झटिलो हुने भएकाले विधि अधिवेशन बोलाउनु उपयुक्त हुन्छ ।”
‘विशेष अधिवेशनबारे कांग्रेसको विधानमा आफ्नै प्रक्रिया छ । नीति अधिवेशनमा हामी जोड दिन्छौँ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्दा एमालेको सहयोगमा प्रधानमन्त्री बने कमजोरी भएको उनले बताए ।
पार्टीको नेतृत्वले पनि सही निर्णय लिन नसक्दा कमजोरी भएको उनले बताए । ‘राष्ट्रपति लिएर सहमति गरेको भए पनि हुन्थ्यो ।’ कांग्रेसले माओवादी र एमालेको चाल बुझ्न नसक्दा दुर्घटना भएको हाे त्यसमा नेतृत्व चुकाेकाे हाे काेइरालाले भने ।