साझाकथा संवाददाता
काठमाडौं, पुस १४
सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । सरकार विस्तार, नीति, कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन सत्ता साझेदार राजनीतिक दलसँगको छलफललाई तीव्र बनाएका हुन् ।
तपाईलाई केहि भन्नु छ ?