काठमाडौं, पुस १४
सधैं गरिरहेको कामबाट बाहिर जानुहोस् र…
– विश्रामको आनन्द लिनुहोस् ।
– खेलकुद, बगैंचाको हेरचाह, बाहिर घुम्ने, पारिवारिक फिल्महरू हेर्ने, मालिस लिने, उपवास बस्ने आदि गर्ने गर्नुहोस् ।
– मालिस लिएपछि स्टिमबाथ वा बेकिङ्ग सोडा र इप्सम साल्टको तातो टब बाथ लिनुहोस् ।
– प्रकृतिको नजिक रहने, टहल्ने, जनावरहरूलाई पाल्ने, मान्छे तथा जनावरहरूलाई प्रेम गर्ने तथा सहलाउनुहोस् ।
– आफ्ना विचार मिल्ने व्यक्तिहरूबीच बस्नुहोस् ।
– कार्यस्थल, समाज र घर–परिवारमा सौहार्दपूर्ण वातावरण कायम गर्नुहोस् ।
– आफन्त तथा प्रियजन वा साथीहरूलाई आफ्ना चिन्ता आदि सुनाउनुहोस् वा बाँड्नुहोस् ।
– तपाईंले मार्शल आर्टस् एरोबिक्स÷जिममा कसरत गरी टेन्सन फ्याँक्न सक्नु हुन्छ ।
– टेन्सनलाई कागजमा लेख्नुहोस् र जलाउनुहोस् ।
– बन्द कोठामा कराउनुहोस्, च्यात्नुहोस्, सिरानीलाई पिट्नुहोस् ।
– ध्यान, रिल्याक्सेसन टेक्निकहरू आदि सिक्नुहोस् ।
– योग, ध्यान, प्रार्थना, पूजा, समाजसेवाबाट पनि तनाव कम गर्न सकिन्छ ।
– आफूभन्दा र शक्तिशाली शक्तिमा वा ईश्वरमा विश्वास राख्नुहोस् । ईश्वरले सबै ठीक गरिदिन्छन् भन्ने विश्वासले आफू माथिको तनाव र बोझ कम गर्छ ।
– आफू र आफ्नो परिवारका निम्ति समय निकाल्नुहोस् ।
– जीवनसंगीसँग गरिने प्रेमालाप तथा नियमित यौन क्रियाकलाप पनि तनाव कम गर्ने राम्रो साधन बन्न सक्छ ।
– शान्त, कोलाहलमुक्त ठाउँमा केही हप्ताको निम्ति घुम्न वा रिट्रिट उपचारको निम्ति जानुहोस् ।
डा. सुनिल पौडेल र आचार्यश्री पथिकको पुस्तक ‘स्वास्थ्य रक्षाका सरल उपाय’बाट ।