साझाकथा संवाददाता
हेटाैडा, पुस १५
बागमती प्रदेशसभा बैठक पुस १८ गते बस्ने भएकाे छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरेछि बागमती प्रदेशसभाको बैठक पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस भएअनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको गतेलाई आह्वान भएकाे भएको बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।
तपाईलाई केहि भन्नु छ ?