चिसो बढेपछि विद्यालय जान सकेनन् विद्यार्थी

साझाकथा संवाददाता

महाेत्तरी, पुस १५

चिसो बढेपछि महोत्तरीका अधिकांश विद्यालयमा  विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ ।

अत्यधिक चिसोका कारण तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन समेत थालिएको छ ।

“घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, त्यसैले  मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको हाे ।  मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ वटा विद्यालय छन् ।

जिल्लाका अरू १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ ।

मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?