तस्वीरहरू : गगनराज न्याैपाने
फाेटाे फिचर
पर्यटकीय क्षेत्रका रूपमा म्याग्दीकाे तुसारपानी । मगर बस्ती रहेकाे छ । यहाँ हाेमस्टकाे सम्भावना देखिन्छ । ग्रामीण पर्यटन क्षेत्रकाे विकासका लागि निकै सम्भावना रहेकाे ठाउँ हाे । यहाँ सुन्तला, ओखरलगायत फलफुल प्रसस्त पाइन्छ ।
लाेकल कुखुरा पाइने, काेदाे खेती हुने यहाँ अर्गानिक खानाका परिकारहरू पाइन्छ । यहाँबाट धवलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, हिउचुली, मानापाथी, टुकुचे जस्ता हिमाली मनाेरम दृष्य हेरेर रमाउन सकिन्छ । याे क्षेत्रबाट डाेल्पा जान मिल्ने बाटाेपनि छ । यहाँ चर्चित मालिकाधुरी मन्दिर जाने बाटाे पर्दछ ।
रैथाने खाना, मगर संस्कृतिकाे नमुना देख्न सकिने याे ठाउँमा घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटक धेरै जाने गर्दछन् ।