धेरै धरीका फाइदा लिन बकुल्ला खेती गराैं

साझाकथा संवाददाता

काठमाडाैं, पुस १६

बकुल्ला तरकारी तपाइलाइ कति मनपर्छ ? हामीले खाने तरकारीकाे धेरै किसिमकाे फाइदा छ । तपाइसँग जग्गा छैन भने पनि काैसीमा बकुल्ला खेती  गरेर धेरै फाइदा लिन सकिन्छ ।

करेसाबारीमा हामीले राेप्ने बकुल्लाको जरामा बस्ने एक किसिमको अजोटोब्याक्टर नामक ब्याक्टेरियाले हावाबाट नाइट्रोजन तान्छ र विरुवालाई दिन्छ । बकुल्लाले आधा खान्छ र खाइ नसकेको नाइट्रोजन छेउको विरुवाले लिन्छ र त्यसले पनि खाइनसकेको माटोमै रहन्छ ।

त्यसपछि लगाइने विरुवाले फेरि सोही मल खान पाउँछ । थाहा पाउनुपर्ने कुरा बकुल्लाको बोट काट्दा उखेल्नुहुँदैन ।  यसको डाँठलाई काटेर पशुदानामा प्रयोग गर्नसकिन्छ भने यसलाई छापोका रुपमा पनि अरु विरुवाका लागि काम दिन्छ ।

यसैगरी यसले मौरी पालनमा पनि सहयोग गर्दछ । यसको फूल ढकमक्क फूल्ने हुनाले मौरी आकर्षित हुन्छ । यसबाट परागसेचनमा वृद्धि भई बकुल्लामा पनि बढी फल लाग्छ ।

यदि बकुल्लालाई मलका रुपमा प्रयोग गर्ने भए यसमा राम्ररी कोसा लागेपछि काट्नुपर्छ । ससाना टुक्रा बनाएर माटोमा छोपिनेगरी पुर्नुपर्छ । त्यसपछि बढी नाइट्रोजन चाहिँने तरकारीहरु जस्तैः गोलभेंडा, फर्सी आदि लगाए राम्ररी फस्टाउँछ । तर यसरी बकुल्ला काटेर पुरेको तीन सातापछि मात्र विरुवा रोप्नुपर्दछ ।

स्वास्थ्यका लागि बहुउपयाेगी तरकारी बकुल्ला खेती  गरेर धेरै फाइदा लिन सकिने कृषि प्रबिधिक बताउछन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?