तमु ल्हाेसार : बाघ वर्षलाई बिदाइ गरी बिरालो वर्षलाई स्वागत

साझाकथा संवाददाता

रसुवा, पुस १६

गुरुङ समुदायले पुरानो बाघ वर्षलाई बिदाइ गरी नयाँ बिरालो वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेकका थिए । याे पर्व गुरूङ समुदाय बसाेबास रहेकाे रसुवाकाे भार्ले, डाडागाउँ र ठूलाेगाउँमा मनाउने चलन छ ।

गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको छ । नयाँ वर्ष शुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम गरे । रसुवाकाे पैरे र डाडागाउँमा पनि तमु ल्हाेसरका अवसरका साँस्कृतिक कार्यक्रम भयाे ।

मिलन युवा क्लव डाडागाउँद्वारा आयोजित प्रथम तमु ल्होसार फुटबल प्रतियोगीताको फाइनल उत्तरगया गाउँपालिका अध्यक्ष माधब अर्याल, उपाध्यक्ष चमेली गुरूङ सहभागी थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?