साझाकथा संवाददाता
काठमाडौं, पुस १६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउन गृह मन्त्रीलाई निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त कार्य अघि बढाउन प्रधानमन्त्रीले शनिबार निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे प्रधानमन्त्री दाहाल समक्ष संक्षिप्त ‘रिपोर्ट’ पेस गरेका थिए ।
तपाईलाई केहि भन्नु छ ?