मकवानपुरमा महिला हिंसाका घटना बढि

साझाकथा संवाददाता

हेटाैंडा, पुस १६

सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्मको अवधिमा मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० ओटा घटना भएका छन् । जसका महिला, बालबालिका पीडित धेरै भएका छन् ।

जसमा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले जनाएको छ ।

जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको व्यक्ति पीडित भएको इन्सेकले जनाएको छ । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् भने ३ जना यौन दुर्व्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको थियो ।

जस अन्तरगत २५ वटा घटनामा महिला अधिकारका हनन् भएको थियो । २५ जना महिला पीडित भएकोमा १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।

यस अवधिमा ८ ओटा हत्याका घटना भएकाछन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै १४ ओटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ ज लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।

यस वर्ष परिवारजनबाट ४ जना बालिका सहित ५ ओटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरी सहित ६ ओटा हत्याको घटना इन्सेकमा अभिलेख भएको इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले बताए ।

इन्सेकको अभिलेखालयमा गतवर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ ओटा घटनामा अन्य पक्षबाट ७८ जना मानिस पडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका थिए ।

बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुर्व्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका थिए । उक्त समयमा महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन दुर्व्यवहार र ६ जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले बताए ।

त्यस अवधिमा १० ओटा हत्याका घटना भएका थिए । जसमा ५ जना महिला र ४ पुरुष थिए एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ ।

यसैगरी सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ ।

गतवर्षको तथ्याङ्कसंग यस बर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा खासै अन्तर नभएको देखिन्छ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि आयोजना गरिएको पुर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?