‘डिसेम्बर फल्स’ले रिलिजपूर्व नै हिट भइसक्यो निर्माता “रामप्रसाद रिजाल”

हेटौडा, पुस १६

हेटौडा नगरपालिका वडा नं ४ स्थित नारायणी मलमा रहेको एनएस सिनेमा हलमा भोलि पुस १५ देखि नेपाली मुवी ‘डिसेम्बर फल्स’ प्रदर्शन भएकाे छ ।

आर्यन सिक्देल केही समयको अन्तरालपछि यो फिल्ममार्फत आउँदैछन् भने उपासना सिङ ठकुरी पछिल्लो समयकी सफल अभिनेत्री हुन् । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मको ट्रेलर, गीत र टिजरले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ ।

निर्माता राम प्रसाद रिजालले पनि विभिन्न मिडीयामार्फत फिल्मप्रति उनलाई यतिसम्म विश्वास छ कि रिलिजपूर्व नै हिट भइसकेको बताएका छन्।रिजाल भन्छन् ,”म १२ वर्ष भयो नेपाली फिल्म क्षेत्रमा आएको ।

अब खोला फर्किन्छ । फिल्म राम्रो चल्छ भन्नेमा म ढुक्क छु । म फिल्म मेकिङको १२ वर्षको कार्यकालमा पहिलो पटक पूर्ण विश्वास र ढुक्क भएर मिडियामा उपस्थित भएको छु । मुवीले पैसा कमाइसक्यो, हिट भइसक्यो” ।

प्रवीण झाद्धारा निर्देशित मुवीमा आर्यन र उपासनाले यो फिल्ममार्फत पहिलोपटक पर्दामा सहकार्य गर्दैछन् भने सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित मुवीको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?