रसुवा र नुवाकाेटका छ कृषि उद्यमीलाइ ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’

साझाकथा संवाददाता

धुन्चे , पुस १६

रसुवा र नुवाकाेटका उत्कृष्ट छ कृषि उद्यमीलाइ ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना कृषि उद्यमीलाई विदुरमा नगद रु १५ हजारसहित प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने कृषि उद्यमीहरूमा रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का काल्साङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका–६ का प्रमोदकुमार तितुङ र नौकुण्ड गाउँपालिका–६ का पासाङ लामा (तितुङ) रहेका छन् । त्यसैगरि नुवाकोट शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका–४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका–१३ का दीपक खड्का रहेका छन्  कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले साे जानकारी दिए ।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत दुई जिल्लाबाट उत्कृष्ट भएका कृषि उद्यमीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाललगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेशालाई निरन्तरता दिन र अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमूना कृषि उद्यमी  बन्न सुझाव दिए ।

जिल्लाबाट छानिएका किसानलाई बागमती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएमा केन्द्रीयस्तरीय प्रतिस्पर्धामा छनोट हुन सक्ने व्यवस्था छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?