सरकार मोबाइल सेटमा अल्झियाे बास्काेटा

साझाकथा संवाददाता

काठमाडाैं, पुस १७

किसानले मल नपाएर सास्ती खेपिरहेकाे अवस्थामा सरकार मोबाइल सेटमा अल्झिएको नेकपा एमालेका नेता गोकुल बास्कोटाले भन्दै असन्तुष्टि ब्यक्त्त रहेका छन् ।

बास्काेटाले सामाजिक संजालमा यस्ताे ब्यक्त गरेका हुन् ।  मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनलाई संकेत गर्दै बास्कोटाले सरकारको काम कारबाहीप्रति असहमत जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झे जस्तो छ।

एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो, कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था गरेको छैन। त्यो सरकारको कुरा हो। मल चाहियो मल किसानलाई, त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला ।’ उनले जनताकाे अति जरूरी सवाललाइ चाँढाे समाधान गर्नुपर्ने बताएका छन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?