विपद् जोखिम न्यूनीकरण गर्न पालकिासँग साझेदारी गरिने

साझाकथा संवाददाता

रसुवा, पुस १७

उत्तरगया गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा भएका असल अभ्यास, चुनौती, अन्तर र अवसरकाे पहिचान सम्बन्धि कार्यमा पालकिासँग साझेदारी गरिने भएकाे छ ।

युरोपेली युनियन मानविय सहयोग विभागको आर्थिक सहयोग, सामुदायिक आत्मनिर्भर केन्द्र, पिपुल इन निड, सेभ द चिल्ड्रेन र स्कट विलसन नेपालकाे साझेदारीमा संचालित प्रतिबद्ध-२ परियोजना अन्तर्गत उत्तरगया गाउँपालिकाकाे विपद् जोखिम न्यूनीकरण बारे छलफलपछि पालकिासँग साझेदारी गरिने भएकाे हाे ।

साे कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारी, ५ वटै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्य विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, वडा सचिव, प्रहरीचौकी ईन्चार्ज, स्थानीय संघ संस्थाका प्रतिनिधि, आमा समूह तथा युवा क्लबका प्रतिनिधि गरी गरी ५० जनाको उपस्थिती थिए ।

कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यको विषयमा मसिनो छ्लफल भएकाे सहभागीहरूलेले बताए । प्रतिवद्ध परियोजना र गाउँपालिका वीच साझेदारी गर्न सकिने कार्यबारे पनि छलफल भएको थियाे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?