“निर्देशकले सुत्न बोलाए, नमान्दा हस्तमैथुन गरिदिएँ”

काठमाडाैं, पुस १७

आफ्ना तस्कावीर कारण बेला बेला चर्चामा आउने बलिउड अभिनेत्री उर्फी जावेदले बलिउडमा पुनः हंगामा मच्चाएकी छिन् । सामाजिक सञ्जाल सेन्सेसन ​​जावेदले एक निर्देशकले आफूलाई योजन दुव्र्यवहार गर्न खोजेको र उनले अरुसँग पनि त्यसतै गर्ने आरोप लगाएकी छन् ।

उनले सो कुराको पुष्टि इन्स्टाग्राममार्फत गरेकी हुन् । जावेदले ओबेद अफ्रिदी नामक निर्देशकले आफूलाई भिडियो गीतमा खेलाएको बदलामा आफूसँग रात बिताउन माग गरेको आरोप लगाएकी छिन् ।

उनीजस्तै अभिनेत्री बन्ने सपना देख्ने धेरै निर्दोष केटीहरूलाई फसाइएको उनको अनुमान छ ।

उर्फीले आफ्नो इन्स्टा स्टोरीमा ओबेद अफ्रिदीसँगको कुराकानीका धेरै स्क्रिनसटहरू शेयर गरेकी छिन् । उर्फीले विगत २–३ दिनदेखि ओबेद अफ्रिदीको फोहोर गतिविधिलाई विश्वसामु उजागर गर्दै आएकी छिन् ।

च्याटमा निर्देशकले म्युजिक भिडियोमा काम दिएको बदलामा आफ्नो यौन आवश्यकता पूरा गर्न उर्फीसँग कुरा गरेको देखिन्छ । उनले उर्फीलाई काम दिनुको साटो सम्झौता गर्न भनेका थिए ।

यौन सम्पर्क गर्न नमानेपछि हस्तमैथुन गराउन दवाव दिएको समेत उनले बताएकी छन् । उर्फिले यो खुलासा गरेसँगै बलिउड बजार तातेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?