प्रकृति स्वयं नै सबैभन्दा राम्रो चिकित्सक हो र शरीरले आफ्नो उपचार आफै गर्दछ ।
शरीर भित्र एक अन्तर्निहित शक्ति छ जसलाई जीवनी शक्ति भनिन्छ जसको काम स्वास्थ्य स्थापना गर्नु हो । साथै हाम्रो शरीरको रोग प्रतिरोध शक्ति, जीवनी शक्तिको मुख्य काम शरीरलाई हानि गर्ने तत्त्वहरूसँग लड्नु र रोग ठीक गर्नु नै हो ।
रोग निको पार्ने शक्ति प्रकृतिको नियमानुसार स्वयं शरीर भित्र नै निहित हुन्छ ।
कुनै पनि बहिरी तत्त्व वा कीटाणु शरीरमा प्रवेश गरेमा हाम्रा शरीरमा भएका सैनिकहरू अर्थात् श्वेत रक्तकोष र रोग प्रतिरक्षा प्रणालीले त्यसलाई तुरुन्तै मार्दछ ।
काटेको भाग शरीरले आफै जोड्दछ ।
भाँचिएका हड्डीहरू नचलाई राख्यो भने जस्ताको तस्तै जोडिन्छन् । यस्तै अर्को उदाहरण हो घाउ वा काटेको ठीक हुनु । काटेको वा घाउ भएका भागहरूलाई जोडेर सफा तथा सुख्खा राख्ने हो भने त्यो आफै जोडिन्छ।
रगत बगिरहेको आफै जम्छ र रोकिन्छ आदि ।
टुटफुट प्रक्रिया आफैँ मर्मत गरिन्छ ।
यी सबै प्रक्रियाहरूलाई आफसे आफ आफै अटोमेटिक जीवनी शक्तिले काम गराइरहेको हुन्छ । शरीरमा रहेको हरेक कोषमा जीवनी शक्ति रहेको हुन्छ र हरेक कोषले आफूलाई स्वस्थ राख्न सक्ने र आफ्नो सुरक्षा र मर्मतको सामर्थ्य राख्दछ ।
हाम्रो शरीरको विभिन्न माध्यमहरूबाट बाहिरबाट उपचार गर्नु भनेको पनि मात्रै यही शक्तिलाई सक्रिय गर्नु हो । शरीरमा यो शक्तिलाई जीवनी शक्तिका रूपमा जानिन्छ ।
आचार्यश्री पथिक र डा. सुनिल पौडेलको पुस्तक स्वास्थ्य रक्षाका सरल उपायबाट