ओली-प्रचण्डबीच शत्रुता र मित्रताको श्रृंखला

झापा विद्रोहबाट नेपाली राजनीतिमा उदाएका केपी शर्मा ओली र १० बर्षे शसस्त्र युद्धबाट चर्चा कमाएका पुष्पकमल दाहाल प्रचण्डबीच शत्रुता र मित्रताको लामै फेहरिस्त छ । हालै सम्पन्न चुनावको नतिजा नआउञ्जेल एकअर्कालाई सरापेर नथाकेका दुई नेताबीच फेरि नाटकीय दोस्ती सुरु भएको छ । लभ एण्ड हेटको सम्बन्धबाट गुज्रिएका ओली र प्रचण्डबीच कम्तिमा दुई बर्ष दोस्ती जम्ने निश्चित नै छ तर संसदमा प्रचण्डले विश्वासको मत लिने समयभित्र कुनै खिचडी पाकेन भने । सरकारका काम कारबाहिमा एमाले जति हावी हुन्छ, त्यति ओली खुशी हुनेछन् । सरकार सञ्चालनमा ओली र एमालेका मन्त्रीहरुको जति साथ रहन्छ, त्यति प्रचण्ड खुशी हुनेछन् । राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुको चलखेल नभए र सरकारमा रहेका स्वतन्त्र पार्टी र राप्रपाहरुको अहिलेकै मुड कायम रहे साढे २ बर्ष प्रचण्ड र ओलीको दोस्ती जम्ने नै छ । यति हुँदाहुँदै पनि दुबैले विगत सम्झिएर एकापसमा तिक्तता र रोष प्रकट गरी बदला लिन थाले भने वा राष्ट्रिय–अन्तराष्ट्रिय शक्तिले दुई नेतामध्ये एकलाई काँग्रेसको कित्तामा हुत्याइदिए भने फेरि घृणाको श्रृंखला दोहोरिनेछ ।

साझा कथा व्रिफिङमा दुई नेताबीच पानी बाराबारको सम्बन्ध, दोस्ती र दोस्तीको भविष्यका बारेमा विमर्श..

SAJHA KATHA BRIEFING EP 05_Love and Hate relation_Prachanda/KP Oli – YouTube

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?