Ad Banner

पाेषण शुधारका लागि सखरखण्ड

काठमाडौं , पुस १८

सखरखण्ड भनेको के हो थाहा नहुन कमै हाेलान् । याे ‘स्विट पोटेटो’ भनेर पनि चिनिन्छ । राेपेर ४ महिनामा फल उत्पादन हुन्छ ।

सखरखण्ड ऊर्जाको धेरै राम्रो स्रोत हो । आयुर्वेदअनुसार, यो जाडोमा बढी लाभदायक हुन्छ । किनभने जाडो याममा कन्दमूल बढी फाइदाजनक मानिन्छ । कन्दमूलले हाम्रो शरीरलाई न्यानो बनाइराख्न सघाउँछ ।

पोषक तत्त्वले भरिपूर्ण सखरखण्डको सेवनले धेरै फाइदा मिल्छ । यसमा क्यालोरी र स्टार्चको सामान्य मात्रा हुन्छ, स्याचुरेटेड फ्याट र कोलेस्टोरोलको मात्रा नभए बराबर हुन्छ । सखरखण्डमा फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ ।

सुआहारा कार्यक्रमले यसकाे बारे प्रचार गरेकाे छ । यसमा हुने पाेषण र यसले बालबालिकामा हुने फाइदा बारे थाहा भएपछि यसकाे उपयाेग र प्रचार बढेकाे छ । ग्रामीण तहका महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाइ  फर्सी र सखरखण्डकाे जाउलाे र खसर टाेल टाेलमा प्रदर्शन गरे ।

स्थानीय स्वास्थ्यकर्मीले पनि यस विषयलाइ प्रचार गरेका छन्  यसले पाेषण अवस्था सुधारमा धेरै राम्राे भयाे सुआहारा कार्यक्रम सिन्धुपाल्चाेकका प्रमुख मनाेज मिश्र बताउछन् ।

हामीसँग घरमा र करेसाबारीमा रहेकाे पिडालु सखरखण्ड जस्ता रैथाने अन्नका परिकारबाट धेरै पाेषण पाउने कुरा ब्यापक प्रचार हुनुपर्छ उनले भने । किसानले उत्पादन गरेर खाने बचेकाे बेच्ने गरेका छन् ।

सखरखण्ड उच्च मात्रामा स्टार्च भएको खाद्यपदार्थ भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ ।

डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा पाइन्छ । जसले रगतलाई बढाउँछ । यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ । यसैले यो मधुमेहको बिरामीका लागि निकै राम्रो मानिन्छ ।

पहिले उसिनेर खाजाकाे रूपमा खाने सखरखण्ड अचेल सलादकाे रूपमा काँचै खाने र साना बालबालिकाहरूका लागि जाउलाे र खिर पनि बनाउन थालिएकाे छ । ग्रामीण तहका महिला स्वास्थ्य स्वयम्सेविकालाइ तालिम दिने र टाेल टाेलमा जाउलाे प्रदर्शन गरेर प्रचार गरेपछि स्वास्थ्य र पाेषणका हिसावले याे प्रचार भएकाे हाे ।

भिटामिन बी ६ ले परिपूर्ण यसले शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ । अमिनो एसिडको मात्रा बढ्दा रोगको जोखिम पनि बढ्ने गर्छ ।

सखरखण्डमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको सेवनबाट फाइदा पुग्छ । यसमा भिटामिन ए पनि प्रशस्त हुन्छ । यसको सेवनले शरीरलाई ९० प्रतिशतसम्म भिटामिन ‘ए’ को परिपूर्ति हुन्छ ।

हावापानी : वर्ष को ४/५ महिना गर्मी र आद्र भएको हावापानी चाहिन्छ भने तापक्रम २२-२८° डि से आवस्यक पर्छ । वार्षिक वर्षा ७५-१५० से मी तराईदेखि मध्य पहाडसम्म यसको खेती गर्न सकिन्छ। १५००-१७०० मिटर उचाइसम्म गृष्म ऋतुमा लगाइने गरिन्छ तुसारो र हिउँ भने सहन सक्दैन।

खेती कहाँ कहाँ पाइन्छ : पहाड क्षेत्रमा यसकाे खेती प्रसस्त हुन्छ ।  वर्षभरी लगाउन सकिन्छ तराईमा फाल्गुन चैत र भाद्र असोज गरी बर्षात दुई पटक लगाउन सकिन्छ। मध्य पहाड र तल्लो पहाडमा फाल्गुनदेखि असारसम्म लगाउन सकिन्छ धेरै पहिलेदेखि सखरखण्ड खेती भएपनि पछिल्लाे समय पाेषण बारे प्रचार भएपछि यसकाे महत्व बढ्दै गएकाे छ । सुआहारा कार्यक्रमले बालबाबालिकाकाे पाेषणमा अवस्था सुधार गर्न राम्राे काम गरेकाे छ ।

सखरखण्डको उत्पत्ति मध्ये अमेरिका र उत्तर अमेरिकाको उत्तरी भेगमा भएको मानिन्छ । १६ औ सताब्दी तिर बिरुवालाई अफ्रिकाबाट युरोपमा ल्याएर खेती सुरु गरिएको थियो। यसको धेरै खेती उष्ण क्षेत्रमा गरिएको छ। नेपालमा धादिङ, काभ्रे, रसुवा, सप्तरी, सिरहा,सुनसरी, बाँके बर्दिया, गोर्खा, तनहुँ जिल्ला केही खेती गरेको पाइन्छ।

सखरखण्डकाे बिभिन्न परिकार बनाउने र सलादकाे रूपमा पनि खाने कुरा बारे जनचेतना जगाउने काम भएपछि यसकाे खेती बढेकाे छ । कालिका गाउँपालिका -३ का रमेश अधिकारीले बीउका लागि सखरखण्डकाे लहरा बेचेर धेरै कामइ भएकाे बताए ।

सुआहारा कार्यक्रमले प्रचार गरेपछि सिन्धुपाल्चाेक, मकवानपुर, धादिङलगायतल जिल्लाबाट बीउका लागि खाेजी गरेर लिन आउनेहरू बढेकाे छ ।  बीउ र सखरखण्ड बेचेर गतवर्ष १ लाख २० हजार कमाएकाे अधिकारी बताउछन्र । रसुवा, नुवाकाेट, धादिङ, सिन्धुपाल्चाेक, रामेछाप, दाेलखामा पनि सखरखण्डकाे खेती र खानामा प्रयाेग बढेकाे छ । यसबाट पनि पाेषण शुधार भएकाे छ ।

पुरक खानाः मकै, गहुँ र भट्टमासबाट तयार पारेको सर्वोत्तम पिठोको लिटोमा यसको कलिलो पात टिपेर सफा संग धोएर र सिलौटो पनि सफा गरि पातलाई पिसेर लिटोमा हालि पकाएर खुवाउन सकिन्छ । पकाउने तरीका कराई तेल हालेर तताउने, तेल अरु साग पकाउने भन्दा अलि बढि हाल्ने ।

महत्व: यो जमिनमा लहर जाने खालको विरुवा हो । यसको डाँठ खोक्रो र पात सागुरो वाणको टुप्पो आकारको हुन्छ । यसको पात हल्का हरियो, गोलो, नरम हुन्छ । काङ्गकुङ्गको फुलको रंग सेतो हुन्छ ।

यसको बीउ गोलो र कालो अथवा खैरो रंगको हुन्छ । बोट ठाडो (लहरा जस्तो) र नरम हुन्छ । सुकेको बीउ कडा खालको हुन्छ ।

यो सागमा भिटामिन “ए”, “बी” बढि मात्रामा “बी१२”, “बी६”, “बी९” अर्थात फोलेट र भिटामिन “सी” तथा फलामतत्व (आईरन), क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता खनिज तत्वमा धनी यो हरियो साग अति पोषिलो छ । यो हरियो साग सबैले /सबैको लागी विभिन्न तरीकाले पकाएर खान उपयुक्त छ ।

डाँठबाट:  बिरुवा बनाउदा, डाँठमा २ देखि ३ वटा आख्ला सहित भांचेर रोपेमा आंख्ला बाट जरा पलाउछ । एक लाइन बाट अर्को लाइनको दुरी १ हात र बोट बाट बोटको दुरी १ बित्ताको फरक हुन पदर्छ ।

बीउ : बीउ रोप्नु पर्दा, बीउलाई करिब २४ घण्टा जति पानीमा भिजाउने, त्यसपछि चिसो कपडाको कपडामा राखि न्यानो ठाउँमा २ देखि ३ दिनसम्म राखेमा टुसा आउन थाल्दछ, कपडालाई सकेसम्म चिसो राखि राख्न पदर्छ ।

त्यस पछि टुसा आएको भागलाई माथि पारेर वीउ रोपेको खण्डमा बीउ चाडै उम्रन्छ । २० हात लम्बाई र ८ हात चौडाई (४० वर्ग मिटर) को लागि करीव ५ डोको राम्ररी कुहिएको गोबरमलको आवश्यकता पर्दछ । गोबरमललाइ बीउ रोप्नुभन्दा अगाडिनै माटोमा मिलाउनु राम्रो हुन्छ ।

यो पढ्नु भयो ?