विमानस्थलले ल्यायाे लेखनाथवासीकाे खुसी

साझाकथा संवाददाता

पाेखरा, पुस १७

कास्कीकाे लेखनाथ नपा खरानेफाँटका कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत धेरै सहयोग पुग्ने  भन्दै धेरै खुसी भइ । विमानस्थल कास्कीको मात्र नभई गण्डकी प्रदेशकै गहना भएको उनको भनाइ छ ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय विमानस्थको भूूमिका महत्वपूर्ण रहने बताए । पोखरा मात्र हैन विमानस्थलबाट समदूरीमा पोखराको फेवा र लेखनाथको बेगनास ताल पनि पर्ने भएकाले लेखनाथको क्षेत्रको पर्यटन विकाले अब द्रुतगति लिनेमा विश्वास व्यक्त गरे ।

स्थानीय सुमन भगरले भने मुलककाे समृद्धिका लागि याे विमानस्थलले धेरै टेवा पुग्छ । “याे कास्की जिल्ला मात्र हाेइन देशभरीका जनताले गर्व गर्ने विषय हाे उनले भने । ”

“अब यहाँ आउने पर्र्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा तालतर्फ पनि आउने छन्”, उनले , “कस्केलीको चार दशक लामो प्रतीक्षाबाट निर्माण सम्पन्न भएको छ ।

यो विमानस्थल सफल बनाउन कस्केली मात्र नभएर सिङ्गो गण्डकीवासी नै जुट्नुपर्छ”, “अब विदेशी पर्यटक सीधै पोखरा आउनसक्ने भए”, उनले भने, “पोखरा र लेखनाथको मात्र हैन अब समग्र गण्डकी प्रदेशको विकास भएको छ, अब यहाँबाट पर्यटक चितवन, लुम्बिनीमा जानसमेत सक्ने भए”, स्थानीयवासी थापाले भने ।

लेखनाथ र पोखरा अब एउटै उपत्यका भएको छ, विमानस्थल सञ्चालनमा आएपछि झनै नजिक बनाइदिएको छ, अब यहाँका जनप्रतिनिधिले समृद्धि र यहाँका प्रकृतिक संरचनालाई संरक्षण गर्दै गुफा र तालको धनी सहर पोखराको पर्यटक विकासमा जुट्नुपर्ने बताए ।

पोखरा–२६ लेखनाथका गणेश अधिकारीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले समग्र कास्की र वरपरका जिल्लाको पर्यटन विकासमा सहयोग पु¥याउने र यस क्षेत्रका मानिसको जीवनस्तरसमेत माथि उठ्ने विश्वास गरे ।

समग्र पोखराको पर्यटन विकासमा यहाँका स्थानीय, प्रदेश र सङ्घका प्रतिनिधि जुट्नुपर्छ उनले भने, “विदेशी पर्यटक अब सीधै पोखरा आउने भएपछि पोखरालाई थप सुन्दर बनाउन विकासका योजना पर्याप्त मात्रामा ल्याउनुपर्छ ।” लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं लेखनाथवासी छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथका सडक विस्तार गर्न आवश्यक भएको जानकारी दिए ।

यहाँका साँघुरा सडक र कच्ची सडकले पर्यटक थेक्न सक्दैन, ट्राफिक जाम नहुने किसिमबाट सडकको विस्तार हुन जरुरी छ । “अब सडक विस्तार र स्तरबृद्धिकाे काम गर्न ढिलाइ गर्नु भएन, स्थानीय सरकारले अब त्यसतर्फ चासाे दिनुपर्छ ” स्थानीय पैरवी कार्कीले भनिन्  ।

यस क्षेत्रको पर्यटकीय बेगनास, रुपालगायत अन्य पाँच तालको पनि विकास गर्न जरुरी रहेको जनाउँदै उनले लेखनाथका सातै ताललाई जोड्ने सडक निर्माण गर्न जरुरी भएको बताइन् ।

विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । विमानस्थलको क्षमता वार्षिक दश लाख यात्रुको रहेको छ । २४ सैँ घण्टा जहाज सञ्चालन गर्न सकिने सो अवसरमा जानकारी दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गरेका थिए । । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको छ ।

करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी  २२ अर्ब रूपियाँ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?