साझाकथा संवाददाता
चितवन , पुस १८
होटल व्यवसामा उर्जा ल्यायन हाेटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ ।
पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही जानकारी दिए । समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ ।
सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला सङ्घ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उनले बताए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोना तथा आर्थिकमन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको जानकारी दिए । “नारायणगढ बजारमा पनि अधिकांश सटर अहिले बन्द भएका छन् । व्यवसायमा पूरै मन्दी आएको छ । सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ उनले भने ।”
सम्मेलनमा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुति र कार्यशाला पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए । “राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमानपनि हुनेछ उनले भने ।” २०६७ मा स्थापना भएको होटल व्यवसायी सङ्घको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो । राष्ट्रिय सम्मेलनले चितवनका हाेटल व्यवसाययमा पनि उर्जा प्रदान गर्ने बताउछन् ।
चौथो महाअधिवेशन तथा दशौ वार्षिक साधारणसभा उद्घाटन अघि भरतपुरको चौबीस कोठीबाट उद्घाटनस्थलसम्म विभिन्न गीत, नृत्य तथा सांस्कृतिक झाँकीसहितको प्रभात फेरी गरिने महासङ्घले जनाएकाे छ ।