काठमाडाैं, पुस १९
नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन् ।
सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए । लेखक कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।