हुम्लाकाे सिमकोट र काभ्रेकाे पाँचखालमा रैथाने बाली प्रवर्द्धन गरिदै

काठमाडाै , पुस २०

काभ्रेकाे पाँचखाल र हुम्लाकाे सिमकोटमा रैथाने बाली प्रवर्द्धन  गर्न लागेकाे छ ।

रैथाने बाली जाेगाउँदै त्यसकाे संरक्षणका लागि स्थानीय लागेपछि स्थानीय सरकारले पनि चासाे दिएकाे छ ।  अब खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका हुन लागेकाे हाे ।

सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी सम्झौता गरिएको छ ।

नेपालको विद्यमान कृषि प्रणाली व्यवसायलाई अघि बढाउनका लागि नेपाल कम्पनीले सिमी र चिनोको उत्पादनका लागि खरिद गरी नेपालगञ्ज काठमाडौँ लैजानको लागि पहिलो पटक सम्झौता गरेको छ ।

उक्त शाखाका निमित्त शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत उजिर रोकायाले प्रमुख जिल्ला अधिकारी सीता परियारको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गरे । ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७९/०८० मा लागू हुने गरी ५० क्विन्टल सिमी र चिनो कम्पनीले पहिलो पटक खरिद गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउनका लागि खाद्य व्यवस्था खरिद बिक्री शाखा कार्यालय काठमाडौँले पत्राचार गरेपछि हुम्ला जिल्लामा पनि आजदेखि बजारीकरण एवं लक्ष्य राखिएको हो ।

त्यसै वीच काभ्रपलान्चाेककाे पाँचखाल नगरपालिकाले स्थानीयस्तरमा होमस्टे सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नगरको १, ५, ८ र ११ नं वडामा रैथाने बालीका रुपमा रहेको कोदो, फापर, जौ, स्थानीय मकैलगायतका बाली संरक्षण तथा रैथाने बालीको प्रयोग गर्ने गरी ‘होमस्टे’ सञ्चालन गर्नेगरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

बागमती प्रदेशको सहयोगमा सञ्चालन गरिएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण कार्यक्रमका लागि नगर कार्यपालिकासँगै चारै वडाका अध्यक्ष तथा स्थानीय कृषकले निक्कै चासो दिएका हुन् ।

नगर उपप्रमुख सूर्यमाया दनुवारले भने,‘रैथाने बाली प्रवर्द्धन एवं संरक्षणमा चुनौती छ तर सबै मिलेर यसको संरक्षणमा लाग्ने हो ।’ नगरको ५ नं वडास्थित खावा होमस्टेमा पाहुनालाई रैथाने बालीबाट बनेका परिकार खुवाइँदै आइएको छ ।

यसअघि रैथाने बाली प्रवर्द्धन एवं संरक्षण अभियानमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको केही स्थानीय तहका खेतबारीमा रैथाने बाली लगाइएको छ । कृषि विभागमार्फत कृषि ज्ञानकेन्द्र धुलिखेलले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी रैथाने बाली विकास प्रवद्र्धन–संरक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

दुवै जिल्लाको पकेट क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको रैथाने बाली जिल्ला सङ्घका अध्यक्ष गोपाल तिमल्सिनाले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?