खाेटाङ, पुस २१
बढ्दै गएकाे चिसाेबाट जेष्ठनागरिकहरूलाइ बचाउन स्थानीय तहले लागि खाेटाङमा फाइवर सिरक बितरण भयाे ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ ।
महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो ।
जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताए । महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार बराबरको सिरक प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।
तपाईलाई केहि भन्नु छ ?