काठमाडौ, पुस २१
बागमती प्रदेशमा यहि पुस २५ गतेभित्र सरकार बन्ने देखिएको छ । प्रदेश प्रमुखको कार्यालयले पुस २५ गते सोमबार साँझ ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आब्हान खुल्ला गरिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्नका लागि ५ दिनको सयम दिएका छन् ।
दुई वा सो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले बताए ।
हालै सम्पन्न निर्वाचनमा बागमती प्रदेशमा ३७ सिट सहित नेपाली काँग्रेस पहिलो पार्टी भएपनि केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रको सरकार बनेको हुनाले प्रदेशमा पनि उनीहरुको सरकार बन्ने देखिन्छ ।
वागमतीमा माओवादीको २१ र एमालेको २७ सिट सहित राप्रपाको १३ सिट रहेको छ । जुन सरकार बन्नका लागि प्रष्ट बहुमत हो ।