अबकाे चर्चा : काे बन्ला राष्ट्रपति ?

नेकपा एमालेमा राष्ट्रपतिका आंकाक्षीको संख्या बढ्दै जादा छलफल बाक्लाे हुन थालेकाे छ । अहिले बालकाेटतर्फ धेरैले आँखा लगाउन थालेका छन  । एमालेले राष्ट्पति पाउने भने पक्का छ ।

एमाले अध्यक्ष केपी ओलीले कुनै संकेत नगरेका कारण उनीहरु आँकांक्षी पनि अन्याेलमा परेका छन् । पार्टी निर्णय भइ नसकेकाेले धेरैले आँखा लगाउन थालेका छन् । आशावादीहरू बढेपछि समस्यामा पर्ने हाे कि भन्ने चर्चा पनि चल्न थालेकाे छ ।

एमाले स्रोतका अनुसार, अध्यक्ष ओलीले अहिले राष्ट्रपतिका लागि के सोचिरहेका छन् भन्ने नै प्रष्ट देखिएको छैन । कसलाई राष्ट्रपति बनाउन सकिन्छ भन्नेमा अध्यक्ष ओलीले नेताहरुसँग धेरै छलफलसमेत गरेका छैनन ।

मंगलवार विहान अध्यक्ष ओलीले सुवास नेम्वाङ, ईश्वर पोखरेललगायतका केही नेताहरुसँग छलफल गरेका थिए । छलफलमा गएका नेताहरुले आफ्नो चाहना संकेत गरेको स्रोतको भनाइ छ । तर, अध्यक्ष ओलीले त्यसमा केही नबोलेको पनि बताइन्छ ।

अहिले सुवास नेम्वाङलाई सभामुखमै अध्यक्ष ओलीले पठाउन चाहेका भएपनि नेम्वाङ भने राष्ट्रपतिमा चाहना राखिरहेका छन् । पछिल्ला दिनमा ईश्वर पोखरेलले पनि राष्ट्रपति चाहना राखेका छन् ।

अष्ठलक्ष्मी शाक्य, नेम्वाङ, पाेखरेल, गोमा देवकोटा, सीता पौडेल, माया ज्ञवाली, अमृत बाेहाेराकाे नाम धेरै चर्चामा छ । पार्टी भित्र केहिले चुनाव हारेकालाइ दिन नहुने भनेका छन् भने कसैले अहिलेसम्म त्याग गरेकालाइ दिनु पर्ने विचार विमर्श हुन थालेकाे एमालेका एक केन्द्रीय सदस्यले बताए ।

राष्ट्रपतिको चाहनामा झलनाथ खनालदेखि माधव नेपालसम्म छन् । माधव नेपाललाई एमालेमा स्थान दिने कि नदिने भनेर एमालेमा चर्चा चलेकाे छ । यस अघि एमाले सिध्याउन कांग्रेससँग गठबन्धन गरेकाेले अब चान्स दिन नहुने भन्ने र वाम एकता गर्ने भन्नेहरू बीचमा कसरी निर्णय हुन्छ हेर्न बाँकी रहेकाे नेताहरू सुनाउँछन् ।

धेरैले अनुमान गरेकाे शाक्य हुन् । उनलाइ दिनु पर्ने पक्षमा देखिनेहरू पनि धेरै छन् । उनलाइ राष्ट्रपति बनाउँदा भोलिका दिनमा आफ्ना लागि सहज वातावरण हुनसक्ने बुझाइमा ओली रहेको पनि बताइन्छ ।

हुन त, एकीकृत समाजवादीलाई पार्टीमा भित्र्याएर माधव नेपाललाई राष्ट्रपतिमा पठाउन सकिने चर्चामा पनि एमालेभित्र रहेको छ तर, अध्यक्ष ओलीलगायत नेता तथा कार्यकर्ताहरू त्यसमा सहमत नभएको पनि स्राेत बताउँछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?