स्वस्थानी व्रत आजबाट सुरु, शाली नदीमा घुँइचो

काठमाडौ, पुस २२

हिन्दुहरूले श्रद्धापूर्वक मनाउने श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरु भई माघ शुक्ल पूर्णिमासम्म रहने यो व्रत एक महिना सम्म मान्ने गरिन्छ ।

आजदेखि स्नान गर्ने र अधिकांश हिन्दुहरुले घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानी देवीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने परम्परा रहदैँ आएको छ ।

स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको विश्वास रहदै आएको छ ।

शिव—पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रत कथा प्रचलन हुँदै आएको मानिन्छ ।

स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ । काठमाडौंको शालीनदीमा पनि प्रत्येक वर्ष जस्तै माधवनारायण मेला आजबाट शुरु भएको छ । आज विहानैदेखि शालीनदीमा स्नान गर्नेहरुको घुँइचो लागेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?