गृहमन्त्री लामिछानेको नागरिकताबारे सर्वोच्चमा छलफल हुँदै

साझाकथा संवाददाता

काठमाडाैं, पुस २२

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुँदैछ ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो ।

लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको र उनि नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरि नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?