नेपालकाे स्वीट्जरल्याण्ड संकटमा

साझाकथा संवाददाता

जिरी, पुस २२

नेपालकाे स्वीट्जरल्याण्ड भनेर परिचित दाेलखाकाे जिरी संकटमा परेकाे छ ।

पर्यटकीय क्षेत्रकाे ढाेका समेत रहेकाे जिरीमा स्वीस शैलीका घरहरू पनि ०७२ सालकाे विनासकारी भूकम्पले ध्वस्त पारेपछि संकटमा परेकाे हाे ।  ‘अहिले पनि अलिअलि पर्यटकहरू जिरीलाई नेपालको स्वीट्जरल्याण्ड भनेर घुम्न त आउँछन्’  स्थानीय गुण शर्पा भन्छन् पहिले फाेटाेमा देखे जस्ताे रमाइलाे नदेखेपछि खिन्न बनेर फर्किन्छन् ।

जिरी तालको डीपीआर तयार भएर बागमती प्रदेश सरकारले १५ करोड रुपियाँ बजेट पनि विनियोजन गरेको छ। चेर्दुङ एकीकृत विकास परियोजनाअन्तर्गत विभिन्न काम गरिरहेका छौँ। खावाबाट गुराँस पार्क हुँदै गुरु रिम्पोछेको मूर्तिसम्म साइकल तथा हाइकिङका लागि बाटो बनाउने काम भइरहेको छ स्थानीय साङगे शेर्पाले भने ।

जिरीमा राम्राे निजी अस्पताल झैं लाग्ने सुविधासम्पन्न अस्पताल भवन छ । तर, उपचार गराउने विशेषज्ञ चिकित्सक छैनन् । पुस्तकालय छ, पढ्नलाई नयाँ पुस्तकहरू छैनन् । पुरानो इतिहास बोकेको विमानस्थलको चौर छ । तर, विमान अवतरण गर्ने अवस्था छैन । पहिले विमानस्थल रहेको स्थान अहिले गौचरणमा परिणत भएको छ ।

‘स्वीस योजनाले भौतिक पूर्वाधारहरू बनाइदियो, केही समय रोजगारी पनि दियो’ पूर्वसांसद इन्द्रबहादुर खड्का भन्छन्, ‘तर, आत्मनिर्भर बनाउन सिकाएन, फलतः परियोजना उठेपछि त्यसको निरन्तरता जिरीले दिन सकेन ।’

जिरी प्राबिधक शिक्षालय, जिरी बजार झण्डै चार दशक अघि सडक कालाेपत्रे भएकाे धेरै विकास भएकाे ठाउँ हाे जिरी ।

सगरमाथाको प्रवेशद्वार मानिने जिरी अहिले सोलुखुम्बुसम्मै सडकको सहज पहुँच र काठमाडौँ–लुक्ला हवाई यात्राको पनि सुविधा भएकाले यो बाटो पर्यटकहरूले प्रयोग नगरेपछि साख जोगाउन कठिन परेकाे थियाे ।

जिरी नगरपालिका  मित्र जिरेलले भने,  हामी आन्तरिक पर्यटनमा जोड दिदैं छाैं । आन्तरिक पर्यटक बढाउनका लागि राम्रा होटल व्यवसायीलाई पनि तयार पार्दै छौ। हाम्रो क्षेत्रमा आन्तरिक पर्यटक आकर्षित गर्ने काम पनि गरिरहेका छौँ।

वडा नम्बर १ को खिम्तीखोला किनारमा ‘स्टोन (सिला) पार्क’ तयार भएको छ। गुरु रिम्पोछेको मूर्ति तयार हुँदै छ। यो तयार भएपछि बौद्ध धर्मावलम्बीहरू आउँछन् भन्ने विश्वास छ, उनले थपे ।

जिरी भाैगाेलिक रूपमा धेरै सुन्दर छ। हामी ताल पनि बनाउँदै छौ। त्यसैले अब जिरी इतिहासको बलमा आफूलाई रिब्रान्डिङ गर्छ, प्रमुख जिरेलले भने । भूगर्भविद् टोनी हेगनले स्विट्जरल्यान्डको सहर जुरिचसँग जिरीलाई तुलना गरिदिएपछि यसको परिचय मिनी स्विट्जरल्यान्डका रूपमा भएको थियो।

लामो समयसम्म जिरीमा स्विस परियोजनाले नै काम गरेको थियो। अहिले जिरीमा न पहिलेजस्तो विदेशी परियोजना छ, न विगतमा स्विस शैलीमा बनाइएका घरहरू नै बाँकी छन्। त्यसैले जिरीवासी भन्छन्, यो मृत सहर बनिसक्यो।

संकटमा परेकाे जिरीलाइ पहिलेकाे अवस्थामा फर्काउने नगरपालिकाकाे याेजनाका लागि प्रदेश र संघीय सरकाले पनि उचित ध्यान दिनुपर्ने स्थानीयकाे माग हाे याे विषयले प्रथमिकता पाउनेमा विस्वस्त रहेकाे स्थानीय इन्द्र जिरेल बताउछन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?